काठमाडौं–मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।