७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेफ एसोसियसन युकेको दोश्रो अधिवेशन अप्रिलमा

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७५, बुधबार १५:२२

लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको दोश्रो राष्ट्रिय अधिबेशन आगामी अप्रिल महिनामा हुने भएकोछ ।
हालै यहाँ बसेको नेपाली सेफहरुको बैठकको निर्णय अनुसार लन्डनस्थित भेन्यू फाइभमा दोस्रो अधिवेशन गर्न लागिएको एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सीनाले जनाए।
तिमल्सीनाका अनुसार नेपाली सेफहरुको साझा संगठन नेप्लिज सेफ एसोसियसनको राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ । नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आइरहेको छ । ८ अप्रील सोमवारका दिन अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । उनले सवै सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध गरेका छन ।

तिमल्सेनाका अनुसार सहमति नै नेतृत्व चयन हुनेछ । एसोसिएसन यूके निर्वाचन कार्यतालिका यसै साता सार्वजनिक गर्ने जनाएको छ ।