१२ बैशाख २०८१, बुधबार
Follow Us

नेविसङ्घको तदर्थ समिति बनाइँदै

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७५, बुधबार १६:०८

काठमाडौँ– नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।

गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिनुभएको थियो र सोही दिन उहाँको राजीनामा स्वीकृत भएको थियो ।