दक्षिण कोरिया । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपाली युवा ठाकुर तामाङको निधन भएको छ । गत मगंलबार दिउँसो डिउटी सकेर सुतेका तामाङको राती सुतेकै अवस्थामा मृत्यु भएको हो।
मृतक तामाङ ईपीएसमार्फत ८ वर्षअघि कोरिया आएका थिए । उनी कोरियाको फाजुस्थिथ फर्निचर कम्पनीमा काम गर्थे ।
मंगलबार बेलुका सुतेका तामाङ बुधबार काममा जान नउठेपछि सँगै कार्यरत सहकर्मीले उठाउन खोज्दा मृत्यु भइसकेको थियो ।
मृतकको शव हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा लगिएको छ । तामाङको घर नेपालको धादिङ जिल्लामा भएको बुझिएको छ ।
उनको हृदयघातबाट मृत्यु भएको आशंका गरिए पनि आधिकारिक रुपमा भने अझै पुष्टि भएको छैन ।
डिसी नेपाल