१५ चैत्र २०८०, बिहीबार
Follow Us

आफ्नो कार्यकालमा समृद्धिको आधार तय भएको प्रधानमन्त्रीको भनाई

sarusaru
२ फाल्गुन २०७५, बिहीबार १२:०८

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् ।
बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए ।
प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको बताएका छन् ।
औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताएका छन् ।
त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् ।