७ बैशाख २०८१, शुक्रबार
Follow Us

हृदयघातका कारण जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०७५, बिहीबार १५:१३

लण्डन । हृदयघातका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तानका अनुसार रामेछाप घर भएका रामचन्द्र कार्कीको बुधवार साँझ हृदयघातका कारण मृत्यु भएको हो ।

कार्की हाम्वर्गस्थित एक विश्वविद्यालयमा विगत तीन वर्षदेखि जलवायुसम्वन्धी विषयमा विद्यावारीधि (पिएचडी) गर्ने क्रममा थिए ।
३७ वर्षीय कार्की परिवारसहित हाम्वर्गमा बस्दै आएका थिए । उनको निधनमा गैरआवासीय नेपाली संघ जर्मनीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
मोक्तानका अनुसार कार्कीको परिवारले शवलाई नेपाल लैजाने तयारी गरेका छन् ।