१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा जे पनि सम्भव छ ?

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार १४:१५

काठमाडौं– केपी ओली नेतृत्वको सरकार ढाल्न महत्वपूर्ण हतियार बनाइएको बजेटआश्रित तीन विधेयक माओवादी सरकारले हुबहु पास गराएपछि सरकारको प्रवृत्तिको सरोकारवालाले खुलेरै आलोचना गरेका छन् । जसले नेपालको राजनीतिमा जे पनि सम्भव छ भन्ने सन्देश गएको उनीहरुको भनाइ छ ।
अर्थमन्त्री हुनुपूर्व माओवादी नेता कृष्णबहादुर महराले संसदबाट बजेट आश्रित तीन विधेयक फेल गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । बजेटलाई खिचडी र पुँजीवादीको संज्ञा दिदै उनले आर्थिक विधेयकमा प्रगतिशीलताको परिणाम नभएर एकाधिकार पुँजीवादीलाई संरक्षण गर्ने खालको भएको भन्दै संसदबाट अस्वीकृत गराउन अहिलेका महराले मुख्य भूमिका खेलेका थिए । जसले अघिल्लो सरकार ढल्नलाई निकै नै बल पुगेको थियो ।
जब उनै महरा अर्थमन्त्री बने, एकपटक संसदबाट पास हुन अस्वीकृत भएको बजेट कानुनतः हुबहु पास गराउन नमिल्ने नियम विपरीत र आफैले कामै नलाग्ने आरोप लगाएको बजेट आश्रित तीन विधेयक आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ जस्ताको तस्तै संसदबाट पास गराए ।
जसले नेपालको राजनीतिमा जे पनि चल्छ भन्ने सन्देश गएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताउनु भयो । सरकार ढाल्नलाई बजेट आश्रित विधेयक फेल बनाउन महत्वपूर्ण भूमिका खेलेको माओवादी यसै किसिमले अगाडी बढ्दै गए मुलुकमा अनिश्चितता बढ्दै जाने क्षेत्रीले बताउनु भयो ।
आफै प्रतिपक्षमा बसेर फेल गराएको विधेयक आफै सत्तामा बसेर हुबहु पास गराउदा संसदीय राजनीति विकृतिको घेरामा फसेको अर्का अर्थविद डा. पुष्प कडेल बताउनु हुन्छ । अर्थविद् संसदीय पद्धतिको वकालत गरेर हिड्ने पार्टीले संसदीय कल्चरलाई टेकेर आफूखुशी निर्णय गर्दा राजनीति फोहोरी खेल हो भन्ने सन्देश गएको कडेलले बताउनु भयो । बजेट आश्रित विधेयक पास हुँदा राजनीतिक रुपले प्रश्नचिन्ह खडा नभए पनि नैतिक रुपमा लामो समयसम्म राजनीति गर्छु र जनताको विश्वास जित्छु भन्नुमा चाहिँ शंका उत्पन्न हुने सरोकारवालाहरु बताउँछन् ।
– सीता पोखरेल