७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानसेनापतिद्वारा जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र घोषणा

sarusaru
३ फाल्गुन २०७५, शुक्रबार ०७:३८

काठमाडौं। नेपाली सेनाले नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच जंगी अड्डलाई पाष्टिक मुक्त क्षेत्र घोषणा गरेका हुन्।

सो अवसरमा प्रधानसेनापति थापाले प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमा निरुत्साहित गर्न जंगी अड्डाबाट सुरु गरिएको अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडि बढाउने बताए। उनले सेनाका सबै व्यारेक र इलाकालाई प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिए।

उनले कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुन प्रयोगमा ल्याउन सकिने विषयमा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धित विभागलाई निर्देशन दिए।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार सुरुवात गरिएको प्लाष्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित भएका नेपाली सेनाका रथी, अधिकृत र अन्य दर्जाहरुले जंगी अड्डा परिसरमा सरसफाई गरेका थिए।
डिसी नेपाल