८ बैशाख २०८१, शनिबार
Follow Us

जलाइएको अवस्थामा बालिकाको शव फेला

sarusaru
३ फाल्गुन २०७५, शुक्रबार ०७:४४

जनकपुर : धनुषामा ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ९ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

गाउँभन्दा ५०० मिटर पर रहेको उखु काटिसकेको खेलमा उखुका पातले जलाएको अवस्थामा बिहीबार बिहान बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार रेश्मा बुधबार बेलुका गाउँमा रहेको बिहेमा नाचिरहेकी थिइन् । अभिभावकले बिहेमै होली भन्ने ठानेर मतलब गरेका थिएनन् । बुधबार बिहान उखुबारीमा उनको शव भेटियो।

बालिकालाई कसैले बिहेघरबाट उठएर लगी बतात्कारपछि हत्या गरेको प्रहरीको अनुमान छसंघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरका एसएसपी शेखर कोइराला, जनकपुर अञ्चल अस्पलतालका डाक्टर केडी दाससहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाइ अञ्चल अस्पताल जनकपुरमा ल्याएको थियो । अहिले बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

हेटौंडाबाट विषेश किसिमको कुकर ल्याइ अनुसन्धान भइरहेको र हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

कक्षा २ मा पढ्दै गरेकी रेश्मा सुस्त मनस्थितिकी रहेको बताइएको छ।

अन्नपूर्ण पोष्ट