१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चट्याङले ट्रान्सफर्मरमा क्षति, गाउँ अन्धकार

sarusaru
३ फाल्गुन २०७५, शुक्रबार ०७:४८

बेनी : चट्याङले विद्युतको ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा बिहीबार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको छ। भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पुर्‍याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधाबाट बञ्चित भएका छन्। नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमा जानकारी गराएर ट्रान्सफर्मर मर्मत अथवा परिवर्तनका लागि पहल गरिएको थापाले बताए ।

यसैगरी चट्याङले डोलेका इन्द्रबहादुर पुनको घर र त्यहाँ रहेका विद्युतीय उपकरणमा क्षति पुर्‍याएको छ।
अन्नपूर्ण पोष्ट