१५ बैशाख २०८१, शनिबार
Follow Us

सवारी चालकले प्रहरीलाई कागजातमा ५० रुपैयाँ हालेर दिएपछि…

sarusaru
३ फाल्गुन २०७५, शुक्रबार १०:२७

काठमाडौं। प्रहरीलाई ५० रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्।

प्रहरीले नवलपरासी कावासोती–१६ घर भएका २६ वर्षीय यमबहादुर भुजेललाई बिहीबार बेलुका पक्राउ गरेको हो।

प्रहरीका अनुसार भुजेलले काठमाडौं महानगरपालिका–१९ रामघाटबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नका लागि नगद ५० रुपैयाँ दिन खोजेका हुन्।

उक्त स्थानमा ट्राफिक प्रहरी सहितको संयुक्त प्रहरी टोलीले ना.४ ख ९२२७ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक भुजेलले गाडीको कागजातसँगै उक्त रकम प्रहरीलाई दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल