१२ बैशाख २०८१, बुधबार
Follow Us

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल सम्मानित (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७५, शुक्रबार १४:०८

वलेवा । बलेवाको समग्र विकासका लागि सबै जना एकजुट हुनुपर्छ । त्यसो भएमात्र देशको आर्थिक विकासमा बलेवाले महत्वपुर्ण योगदान दिन सक्छ । उक्त विचार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका हुन् । बलेवा महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष ढकालले बलेवा विभिन्न संभावना बोकेको क्षेत्र हो ।

बलेवाले पर्यटन,एयरपोट , कृषि , शिक्षा, पशुपालन, रेमिट्यान्स र जलविद्युत लगाएतका क्षेत्रहरुमा लगानी भित्राउन सके र बलेवाका युवा र किसानको शक्तिलाई प्रयोग गर्न सके बलेवाको दिगो विकासमा ठुलो परिवर्तन हुने उपाध्यक्ष ढकालले बताए । महोत्सवको उद्घाटन गर्दै ढकालले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडा स्तरमा बैंक तथा बित्तिय संस्थाको पहुँच हुनुपर्ने बताए । बलेवमा केवरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको भन्दै ढकालले सञ्चालन पछिको उपलव्धी मुल्याङकन गरेर मात्रै लगानी गर्न सकिने बताउनुभयो ।

बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव सुरु भएको छ । कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लागि एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश बर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्णगण्डकी क्याम्पसको अक्षयकोष निमार्ण तथा क्याम्पसमा रोजगारमुलक विषयहरु भविष्यमा पढाउनका लागि बलेवा महोत्सव आयोजना गरिएको नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष तथा बलेवा महोत्सवका संयोजक भरत पौडेलले बताए । महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।

बलेवा क्षेत्रमा पर्ने साविकका चार गाउँविकास समितिमा प्रत्यक बर्ष पालै पालो महोत्सव गर्नेगरी पहिलोपटक नारायणस्थानमा महोत्सव आयोजन भएको हो ।प्रसिद्ध काल भैरव, मनमोहक मुलावारी क्षेत्र, नेपालकै अग्लो कुश्मा कैया झोलुङ्गे पुल र यान्त्रिक पुल लगायतका पर्यटकीय क्षेत्रमा दर्शक पु¥याउने गरी व्यवस्था मिलाईएको पौडेलले बताए । महोत्सवमा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको थियो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी , जिल्ला शिक्षा खेलकुदका अध्यक्ष धनबहादुर परियार , प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ ,नेविसंघको केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी,बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाई लगाएतकोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता बलेवा महोत्सवका संयोजक भरत पौडेलको अध्यक्षतामा स्वागत सहसंयोजक कमल कुमार जिसि र संचालन महोत्सवका सचिव नारायण श्रेष्ठले गरेका थिए ।