१२ बैशाख २०८१, बुधबार
Follow Us

बलात्कारको आरोपमा पक्राउ

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार १४:१९

त्रिशूली । एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ । मौखिक उजुरीका आधारमा अभियुक्तलाई प्रहरीले घरैबाट पक्राउ गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।