१५ चैत्र २०८०, बिहीबार
Follow Us

युएईमा मृत्यु भएका नेपालीहरूको परिवालाई २ करोड १० लाख पठाइयो

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७५, शुक्रबार १४:११

युएई-वैदेशिक रोजगारीको क्रममा युएईमा ज्यान गुमाएका नेपालीहरूले क्षतिपुर्ति बापत प्राप्त गर्ने रकम (ब्लडमनी) नेपाल पठाइएको छ।

बिभिन्न घटनामा मृत्यु भएका ४ जना नेपालीहरूको २ करोड १० लाख रूपैया अर्थात् (सात लाख दिराम) नेपाली दूतावास आबुधावीले पराराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित परिवारलाई पठाइसकेको जनाएको छ।

नेपाली दूतावास आबुधावीले गत बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, दिया रकम (ब्लडमनी) पाउने परिवारहरूमा लम्जुङका टुकबहादुर गुरुङ,साठी लाख रूपैया अर्थात् (२ लाख दिराम),धनुषाका शाहदेव यादव,६० लाख रूपैया (२ लाख दिराम) नवलपरासीकी लक्ष्मीमाया श्रेष्ठ तिसलाख रूपैया अर्थात् (१ लाख दिराम) र नवलपरासीकै वीरबल अहिरको परिवारले साठीलाख रूपैया अर्थात् (२ लाख दिराम) पाएका हुन्।

अझै २४ जनाको मुद्धा दर्ता प्रकृयामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।