६ बैशाख २०८१, बिहीबार
Follow Us

घुस खाने अख्तियारका आयुक्तले दिए राजीनामा

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७५, शुक्रबार १४:३७

काठमाडौं– सेवाग्राहीसँग घुस खाएको पर्दाफास भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा नरहने गरी लिखित राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।