१३ बैशाख २०८१, बिहीबार
Follow Us

सेयर बजार १६ अङ्कले बढ्यो

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार १४:२४

काठमाडौं । धितोपत्र बजारमा आज रु ७९ करोड ३ लाख ४३ हजार १७५ मूल्य बराबरको सेयर कारोबार भएको छ । कुल १३६ कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिनको तुलनामा १६.६२ अङ्कले बढेको नेप्से आज एक हजार ७८० बिन्दुमा पुगेको हो ।
‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३.६६ बिन्दुले उकालो लागेको छ ।
स्टकका अनुसार आज अन्य समूहबाहेक सबै समूहको सेयर कारोबार उकालो लागेको छ । बैंकिङ १.०६, होटल १.२१, विकास बैंक ०.६१,जलविद्युत् ०.२५, फाइनान्स १.२१ र उत्पादन समूह ०.३ प्रतिशतले बढेको छ भने अन्य समूहको सेयर भने ०.२२ प्रतिशतले घटेको स्टकले जनाएको छ ।