१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिका एक अनिश्चित कानुनी र राजनीतिक लर्डाइमा फस्ने

sarusaru
४ फाल्गुन २०७५, शनिबार ०७:५२

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गरे ।
संसदको तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीले ट्रम्पको सकंटकाल घोषणालाई कार्यान्वयन हुन नदिन रोक्न अदालत जाने बताएसँगै अमेरिका एक अनिश्चित कानुनी र राजनीतिक लर्डाइमा फस्ने देखिएको छ ।
उनले राज्य कोषका अन्य शिर्षकबाट पैसा झिकेर पर्खाल निर्माणमा लगाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । अमेरिका र मेक्सिकोबीच ३१४५ किमी लामो सिमाना जोडिएको छ । यसमध्य केही भागमा पहिलेका राष्ट्रपतिहरुले सिमाना पर्खाल लगाएका थिए ।
ट्रम्पले हाल महत्वपूर्ण ३७० किमी लम्बाईको सिमानामा पर्खाल लगाउने योजना बनाएका हुन् ।