६ बैशाख २०८१, बिहीबार
Follow Us

‘कान्तिपुर कन्क्लेभ’मा एनआरएन पुर्वअध्यक्ष जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १५:००

लण्डन — आइतबार सुरु हुने कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गर्न लागेको ‘कान्तिपुर कन्क्लेभ’मा गैरआवासीय नेपालीहरुको प्रतिनिधत्व गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पुर्वअध्यक्ष जीवा लामिछाने सहभागि हुने भएका छन्  ।

प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक आइडाह स्वाराई रिद्धिहौ र बिरला कर्पोरेसनका कार्यकारी अध्यक्ष सन्दीप घोष कान्तिपुर कन्क्लेभको मुख्य वक्ता हुन् ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र सात वटै प्रदेशका मुख्यमन्त्रीहरू छलफलमा सहभागी हुने कार्यक्रम छ । अर्थशास्त्रीहरू, साहित्यकार र पत्रकारहरूले विभिन्न सत्रमा छलफल गर्नेछन् ।

दुई दिनसम्म चल्ने कन्क्लेभमा छलफलका अधिकांश विषय अर्थतन्त्रका विद्यमान मुद्दा र अवसरमा केन्द्रित रहनेछन् ।
केएमजीको यो पहिलो सार्वजनिक बहसका ११ वटा सत्रमा ५१ जनाबीच बहस हुनेछ। यसबाहेक अन्य सहभागीले समेत छलफल सत्रका विषयवस्तुमाथि प्रश्नोत्तर र बहस गर्न पाउनेछन् ।

‘छलफलमा विकास, लगानी, उद्यमशीलता, व्यावसायिक वातावरण, साहित्य, सामाजिक –आर्थिक समृद्धि र वैदेशिक रोजगारका विषय समावेश गरिएका छन्,’ कन्क्लेभबारे जानकारी दिँदै केएमजीलेभनेको छ ।

मुख्यमन्त्रीहरूसँग मुखामुख, विश्वमा नेपालको अवस्था, फर्केर के पाइन्छ रु, महिला पुरुषको दाँजोमा कहिले रु, पैसा कहाँ छ रु, पौरखी प्रवासी र मूलदेश, के नेपाल गर्नसक्छ रु प्रमुख छलफलका सत्रहरू हुन् ।

यी सबै छलफल कन्क्लेभको दोस्रो दिन सोमबार हुनेछन् । पहिलो दिनको ‘युथ फर नेपाल’ छलफलमा लेक्स लिम्बु, मिस नेपाल शृंखला खतिवडा, टुटलका सह–संस्थापन क्षितिज भट्ट, बौद्ध धर्म संग्रहालयकी संस्थापक सुम्निमा उदासबीच छलफल हुने कार्यक्रम छ ।