७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन बुझाउन आग्रह

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार १४:३३

काठमाडौं । सरकार र मुख्य तीन दलले स्थानीय निकाय पुनर्संरचना आयोगलाई कात्तिक मसान्त भित्र प्रतिवेदन बुझाउन आग्रह गरेको छ । स्थानीय निकाय पुनर्संरचनाका विषयमा देखिएका विवादबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा दलहरुबीच सहमति भएको हो । छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय पुनर्संरचनामा देखिएको अस्पष्टता हटेको र अब काम नियमति रुपमा हुने बताए । बैठकपछि एमाले नेता भीम रावलले चाँडै नै स्थानीय निकायको चुनाव गर्ने गरी काम गर्ने सहमति बनेको बताए ।
आयोगका अध्यक्ष बालानन्द पौडेलले दलका नेताले कात्तिक भित्र प्रतिवेदन आउने गरी काम गर्न आग्रह गरेको बताए ।
बैठकले इलाकीय संरचनालाई मूख्य आधार बनाएर स्थानीय तह पूनर्संरचना गर्न सरकारले दिएको थप कार्यदेशलाई अनुमोदन गर्दै स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्ने जिम्मेवारी आयोगलाई दिएको छ । सरकारले थप कार्यदेशमा उल्लेख भएको भाषामा समस्या भए त्यसलाई कार्यान्वयन गर्ने र आयोगले सरकारको मूल कार्यदेशअनुसार काम गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।