१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जीपको ठक्करले चितलको मृत्यु

sarusaru
५ फाल्गुन २०७५, आईतवार ०२:२०

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गर्जमुनि नजिक जीपको ठक्करबाट आज बिहान वयस्क पोथी चितलको मृत्यु भएको छ ।

कैलालीको अत्तरियाबाट भीमदत्तनगरतर्फ जाँदै गरेको को१च २६९४ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा चितलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

चितललाई ठक्कर दिएर मार्ने जीप चालक कैलाली गौरी गङ्गा नगरपालिका–६ का २१ वर्षीय रामदिन चौधरीलाई जीपसहित नियन्त्रणमा लिइएको उनले बताए ।

जीप, चालक र मरेको चितललाई निकुञ्जको अर्जुनीस्थित कार्यालयमा बुझाइएको छ ।