६ बैशाख २०८१, बिहीबार
Follow Us

बालिकाको बीभत्स हत्या : कारबाहीको माग गर्दै प्रदर्शन

sarusaru
५ फाल्गुन २०७५, आईतवार ०२:२७

ढल्केवर (धनुषा) : बलात्कारपिछ बीभत्स हत्या गरिएकी धनुषा मिथिला नगरपालिका-३ हरिहरपुरकी ९ वर्षीया बालिका रेसमा (दितिया) रसाइलीको हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

महिला सञ्जला ढल्केवर र ओरेक नेपाल धनुषाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर बजारमा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन् । र्यालीमा मिथिला नगरपालिकाकी उपमेयर तारा लामा बस्नेतसमेत सहभागी थिइन् ।

छिमेकमा विवाहको उत्सवमा बुधबार ढिलासम्म नाच्दैं गरेकी बालिका रेशमाको शव जलेको अवस्थामा बिहीबार बिहान गाउँलेले भेटेका हुन् ।

‘रेसमालाई कसैले अपहरणपछि उखुबारीमा लगेर बलात्कार गर्यो‍ । बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गरिदियो । प्रमाण नष्ट गर्न पापीहरुले उनको शव पनि जलाए,’ बालिकाका काका देवराज रसाइलीले भने।

एपमेयर लामाले दोषीलाई तुरुन्त पक्राउ गर्न प्रहरीसँग माग गरिन् । उनले आजै पीडित परिवारसँग भेटघाट समेत गरेकी छन्।
अन्नपूर्ण पोष्ट