६ बैशाख २०८१, बिहीबार
Follow Us

के ट्रम्पले पाउलान् नोबेल पुरस्कार ?

sarusaru
५ फाल्गुन २०७५, आईतवार ०८:२९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आवेले आफूलाई नोवेल शान्ति पुरस्कारको लागि मनोनयन गरेको बताएका छन् । उत्तर कोरियासँग संवाद शुरु गरेकोमा आवेले आफूलाई मनोनयन गराएको उनले जानकारी दिए ।
दक्षिणी सिमानामा प्रस्तावित पर्खालबारे छलफल गर्न ह्वाइट हाउसमा बोलिएको एक कार्यक्रममा ट्रम्पले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘सिन्जो आबेले मलाई एकदमै सुन्दर एक चिठ्ठीको प्रति पठाउनु भएको छ । सो पत्र उहाँले नोबेल पुरस्कार दिने महानुभावहरुलाई पठाउनु भएको हो ।’

रिपोर्ट अनुसार दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पनि उक्त पुरस्कारको लागि ट्रम्पलाई समर्थन गरेका छन् । मूनले उत्तर कोरियासँगको सम्वाद शुरु गर्ने श्रेय ट्रम्पलाई दिएका छन् ।