८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमै जनताबाट विस्वास गुमाएको काँग्रेसको आरोप

sarusaru
५ फाल्गुन २०७५, आईतवार ११:००

काठमाडौं– काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल सम्हालेको एक वर्षमै जनताबाट विस्वास गुमाएको टिप्पणी गरेको छ ।
यही फागुन ३ गते ओली नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पुगेको सन्दर्भमा काँग्रेसले एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरेको हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जगनै बालुवाको हालेको भन्दै त्यस्तो जगबाट बलियो घरको कल्पना नै नगर्न नसकिने बताए ।
फागुन २ गतेको सम्बोधनमा प्रधानमन्त्री ओलीले जग खन्न नपाई छानाको अपेक्षा गर्न नसकिने भन्दै सरकारले क्रमिक रुपमा काम गरिरहेको बताएका थिए । उनले काँग्रेसले सरकारबारे अनेक गलत प्रचार गराइरहेको आशयसहित यो अभिव्यक्ति दिएका थिए ।
जवाफका काँग्रेसले छानाको अपेक्षा भन्दा पनि जग नै कमजोर भएको प्रतिक्रिया दिएको हो ।
पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारप्रति जनविश्वास बढ्दै जानुमा ५ कारण प्रस्तुत गरे ।

जसमा गोविन्दको केसीको माग पूरा गर्न उदासीनता देखाइएको, बूढीगण्डकी जलविद्युत निर्माणको जिम्मा विदेशी, कम्पनीलाई दिइएको, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न नसकेको र निर्दोषलाई फसाउन खोजिएको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दलले जबरजस्ती गरिएको उल्लेख गरिएको छ ।
यस्तै सरकारले सञ्चारमाध्यबाट खतरा देखेर अंकुश लगाउने गरी कानुनहरु निर्माण गर्न लागेको पनि काँग्रेसले आरोप लगाएको छ ।