१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारको ज्यादती बिरुद्ध माइतीघरमा घन्क्यो पशुपति शर्माको ‘लुट्न सके लुट’

sarusaru
५ फाल्गुन २०७५, आईतवार १२:५१

काठमाण्डौ – ३ दिनअघि बजारमा आएको पशुपति शर्माको भ्रष्टाचारबिरुद्धको गीत लुट्न सके लुट हिजो बेलुका नेपाल सरकारको निर्देशनमा युटुबमार्फत हटाइएको छ । सरकारको विरोध गरेको ,राष्ट्रपतिको विरोध गरेको भन्दै उक्त गीतमा प्रतिबन्ध लगाइएको हो । गीतमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा चर्को बिरोध भयो ।कलाकार ,राजनीतिकर्मी , सामान्य नागरिक तथा अगुवाहरुका प्रतिबन्ध बिरुद्ध विचारहरु सञ्जालमा पोखिए ।
आज अपरान्ह ५ बजे स्वतन्त्र नागरिकको समूहले माइतीघर मण्डलामा उक्त गीत प्रतिबन्ध भएको प्रति चर्को बिरोध जनाउँदै लुट्न सके लुट गीत बजाएर नाच्ने कार्यक्रम सम्पन्न गरेको छ ।

Geplaatst door NepalBritain.Com op Zondag 17 februari 2019