६ बैशाख २०८१, बिहीबार
Follow Us

संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा २ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १२:५०

युएई –संयुक्त अरब इमिरेट्समा (युएई) मा एक सातामा गोरखाका २ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका,५ बतासेका हिमाल रानामगर र सोही जिल्ला शहिद लखनथापा गाँउपालिका,५ तिनमाने,काँउलेका रन बहादुर रानाको मत्यु भएको हो।

बिगत १६ बर्ष देखि युएईको आबुधावी स्थित सर्भन मिना स्काइफोल्डर कम्पनीमा काम गर्दै आएका हिमाल रानामगरको गत बिहिवार (फेब्रुअरी ७) मा ह्दयघातका कारण मत्यु भएको थियो।
यसैगरी
२ बर्ष पहिले रोजगारिको सिलसिलामा युएइ आएका रन बहादुर राना युएईको शारहजामा किल्निङ् कम्पनीमा कार वासको रुपमा काम गर्थे। घरबिदामा गएका राना नेपालबाट फर्केको ३ दिनपछि सोमबार (फ्रेबुअरी ११) मा खाना खाई सुतेकाकामा मृत अवस्थामा फेला परेका थिए ।