१५ बैशाख २०८१, शनिबार
Follow Us

वृद्ध भत्ता ५ हजार पुग्ने

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १५:५२

स्याङ्जा– भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने बताएकी छिन् ।
उनले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने पनि बताएकी छिन् ।

मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गरिन्।

मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेकाले सोचे जति छिटो छरितो काम हुन नसके पनि अब कामले गति लिने बताइन् ।