१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टेलिकमको ७ तलामाथिबाट खसेर भारतीय नागरिकको मृत्यु

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १५:५७

 

काठमाडौँ–बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।

टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो ।
राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।