१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली दूतावास लन्डनको प्रवक्तामा आरन

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार १७:५८

लन्डन । नेपाली दूतवास लन्डनको प्रवक्तामा शरदराज आरन चयन भएका छ । नेपाली दूतावासको सोमवार बसेको बैठकको निर्णय अनुसार आरनलाई प्रवक्ता तोकिएको दूतावासले जनाएको छ ।

बैठकको निर्णय अनुसार आरनले मंगलवार देखी उक्त जिम्मेवारी समाल्ने जनाएको छ । दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर आरनलार्ई दूतावासको प्रवक्ता र सूचना अधिकारी तोकिएको हो । यसअघि कार्यवाहक राजदूतको जिम्मेवारी समालेका आरनले छोटो समयमा नेपाली समूदाय भित्र लोकप्रियता कमाएका छन् ।

नवनियूक्त राजदूत दुर्गा बहादुर सुवेदीले पदभार समाले पछि दूतावासलाई अझ प्रभावकारी बनाउने उदेश्य बिभिन्न निर्णय गर्दे आएका छन् । यसअघि दूतावासको काउन्सिलर, भिसा लगायतको सेवाको लागि कार्यालय समय थप गर्ने निर्णय दूतावासले गरेको थियो ।