१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग राष्ट्रपतिको डिनर मिटिङ

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १६:४८

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा प्रम तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा शीतल निवास पुगेका हुन् ।
आइतबार साँझ भएकाे डिनरसहितको साे भेटमा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार पनि सहभागि भएको बताइएको छ ।

स्रोतका अनुसार भेटमा हालै सार्वजनिक भएको पशुपति शर्माको ल्ट्न सके लुट कान्छा बोलको गीतको समेत चर्चा भएको थियो ।
यद्यपी राष्ट्रपतिको सचिवालयले भने समसामयिक विषयमा छलफल भएको बताएपनि यस विषयमा भने केही बताएकाे छैन ।