६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालको यौन दुर्व्यवहार काण्डबारे बेलायतका प्राध्यापक बोले

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार १७:११

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका एकजना सेवानिवृत्त प्राज्ञमाथि यौन दुर्व्यवहार र दुराचरण गरेको भनि लागेको आरोपको बारेमा हालसम्म कुनै छानबिन नभएकोमा बेलायत– नेपाल प्रज्ञा परिषदले आफ्नो ध्यानाकर्षण जनाएको छ ।
परिषदले जारी गरेको एक विज्ञप्तिमा विश्वविद्यालयभित्र यस्तो विषयको कारबाही गर्ने उचित प्रक्रियाको व्यवस्था नभएकोमा चिन्ता व्यक्र गरिएको छ ।
परिषद्ले यस्ता आरोपहरूको छानबिनको स्पष्ट र पारदर्शी प्रक्रियाको व्यवस्था गर्नुपर्ने, पर्याप्त विभागीय कारबाहीको व्यवस्था गरिनुपर्ने र उचित कानुनी उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएको छ ।

समग्र देशमा नै महिलाविरुद्ध हुने हिंसालगायत लैङ्गिक हिंसा बढिरहेको, तथा दण्डहीनता पनि मौलाउँदै गएकोजस्तो देखिएको अहिलेको परिवेशमा यस्तो नीतिगत व्यवस्था हुँदा विश्वविद्यालयलाई नैतिक नेतृत्व लिन आधार मिल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा डा कृष्ण अधिकारी,डा पुनम यादव, डा फेर्जर सगडेन्, प्रा डेविड गेल्नर , प्रा माइकल हट, डा बेन क्याम्पबेल , प्रा सोन्ड्रा हाउसनर , डा फेजी इस्माइल, प्रेमिला भान , डा सारा पार्कर , डा स्टेफनी लोटर , डा कल्याण भण्डारी, डा तेजेन्द्र फेराली र प्रा एडविनको हस्ताक्षर रहेको छ ।