१५ बैशाख २०८१, शनिबार
Follow Us

शिवम् सिमेन्टस् लिमिटेडको सार्वजनिक निष्काशन खुल्ला

sarusaru
६ फाल्गुन २०७५, सोमबार ०५:०५

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्मा शिवम् सिमेन्टस् लिमिटेडकोे प्रति शेयर रु.१००÷– अंकित दरमा प्रिमियम वापत रु.२००÷– थप गरी प्रति शेयर रु.३००÷– का दरले ४१,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणका निमित्त मिति २०७५÷११÷०६ गतेदेखि बिक्री खुल्ला गरिएको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित शेयर निष्काशन मूल्य रु.२००÷– तोकिएको हुँदा यस अघि रु ३००÷– मा ८,८०,००० कित्ता शेयर निष्काशन गरी २,००,२४० कित्ताको मात्र आवेदन परेको र सोलाई बाँडफाँड गरिएकोमा हाल तोकिएको निष्काशन मूल्य बमोजिम बाँडफाँड भएका शेयरधनीहरुलाई कुल १,००,१२० कित्ता शेयर थप प्रदान गरिने र बाँकि रहेको ५,७९,६४० कित्ता शेयर रु २००÷– मा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाईएको हुँदा इच्छुक उद्योग प्रभावित क्षेत्र मकवानपुर जिल्लाका सम्पूर्ण बासिन्दाहरुले समेत निष्काशन खुल्ला अवधिमा तोकिए बमोजिम आवेदन गर्न सक्नेछन् ।
यस सार्वजनिक निष्काशनमा न्यूनतम ५० कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणाली मार्फत आवेदन गर्न सकिनेछ ।
यस सार्वजनिक निष्काशनमा श्री एनआइविएलएस क्यापिटल लिमिटेड, ग्लोवल आइएमइ क्यापिटल लिमिटेड र सिविआइएल क्यापिटल लिमिटेड प्रत्याभुतीकर्ता रहेका छन् ।