१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेवा हैन व्यापार वनिदियो, राजनिती : वि.वि. श्रेष्ठ

sarusaru
६ फाल्गुन २०७५, सोमबार ०५:१५

लामो समयदेखि राजनैतिक व्यवस्थाका कारण देशअख विकास र समृद्धि आउन नसकेको नेताहरु गणतन्त्रप्राप्ति पछिको यो सन्दर्भमा नजिकवाट नियाल्ने हो भने तार्किक भिन्नता पाउन सकिदैन । न्याय र समानताको नारा दिने नेताहरु पदमा आसिन भएपछि सर्वथा सहज देख्ने मनोवृत्तिले ग्रसित भएको पाईन्छ । नेपालको राजनैतिक परिदृश्यलाई नियाल्ने हो भने यो मनोरोगले आम राजनैतिक दललाई गाँजेको पाईन्छ । सत्तासीन र सत्ताईतरको राजनिती गर्ने नेपालको राजनैतिक दलका नेताहरुको असक्षमताले दल विशेषलाई दोषारोपण गर्ने खुवी वाहेक केहि देखिएन । स्पष्ट दृष्टिकोण र कार्ययोजना विनाको राजनिती ले देशको हरेक क्षेत्र नै कलंकित वनाईदियो । व्यक्ति र नेताको व्यक्तिगत टकराव मात्र नभई असमक्षता ढाक्ने प्रवृत्ति आम व्यवहार वनिदियो । देश र जनताका लागी भन्दा पनि व्यक्ति केन्द्रित राजनितीले नेपाली जनतालाई वन्धक वनाईदियो ।
राम्रो भन्दा हाम्रो खोजने प्रवृत्ति देशका लागी अफाफसिद्ध हुन्छ भन्ने समान्य हेक्का नराख्ने राजनैतिक दलका नेताहरु र नेताहरुको चाकडीमा जीवन निर्वाह गर्न पल्केका कार्यकर्ता हरुका कारण देश नै अस्तव्यस्त वनिदियो । खानेपानी होस वा शिक्षा, मठमन्दिर होस वा धर्मकर्म, जातजाति होस वा विकासनिर्माण हरेक पक्षमा राजनिती गर्न अभयस्त वनिदियो । राजनिती केवल सेवा हो भन्ने समान्य ज्ञान नभएका हरु नेता वनिदियो । घर देखी टोल हुदै जिल्ला हुदै केन्द्र सम्म गच्छे अनुसारको भुरे टाकुरे नेताहरु उदाए । जनताका सेवा का लागि गरिने राजनिती व्यापार र व्यवसाय का भरपर्दो माध्याम वनिदियो । भगवान सम्झने चिकित्सकको पेश होस वा जनतालाई सुचित वनाउने शिक्षा क्षेत्र नै सवैभन्दा व्यापारिकण वनिदियो । देश र जनताका लागि काम गर्ने सपथ खाएका जनप्रतिनिधीहरु आसेपासे भन्दा र कमाउने धन्दा भन्दा वाहिर निस्कन सकेनन् । कुवाको भ्यागुताले कुवालाई नै सन्सार देख्दछ भने झै राजनितीकर्मी हरु कमाउने धन्दा लाई समाजसेवा र राजनिती देख्न थाले । आफु अनुकुलताको परिभाषामा अभ्यस्त हुने विचारविहिन व्यत्तिहरु नेताका भेषमा लुटन अभ्यस्त वनिदियो ।
राजनिती के का लागि भन्ने समान्य हेक्का राख्न नसक्ने भीडहरुको जमात रहेको नेपालका राजनितीमा त्यो भन्दा लाखौ गुणा कार्यकर्ताहरु नेता नामका अमुकताको ढाल वनिदियो । कर्ममा विश्वास नराख्ने र खुरापातीमा नै जीवन व्यतित गर्ने कार्यकर्ताहरु स्वयं परिजीवी वनिदियो । योग्यता, क्षमता र कर्ममा विश्वास नराख्नेहरु नेताहरुको गुलामीमा अभ्यस्त वनिदियो । कार्यकर्ताको यहि कमजोरीमा खेलेर नेताहरु जनताको पसिना चुस्न प्रतिस्पर्धा गरिरहयो । स्वनिर्भरतामा वाच्ने जमात हरु विलिन हुदै गयो । वैचारिक विचलन ह्वात्तै वढेर आयो । नेपालको सन्दर्भमा नेता र कार्यकर्ता धेरै जनता थोरै हुने प्रवृत्ति वढिदियो । पढाई, योग्यता, क्षमता र ईमान्दारितामा विर्को लागेकाहरु राजनितीमा होमिने अवस्था को वृद्धि भयो । यहि लगौटीमा उभिएको कार्यकर्ता र जनताका वलमा नेताहरु भनाउदाँहरुले देश नै विदेशीको अगाडी वन्धकी राखिदियो । राजनिती देश र जनताका लागि हैन , व्यक्ति परिवारका लागि केन्द्रित वनिदियो । देशको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता भन्दा घरको चार किल्ला नै सर्वेसर्वा वनिदियो । छोराछोराका पढाई र सम्पतिका अगाडी विदेशी सँग लम्पसार परेका नेपालका राजनितीकर्मीहरु वाघको छाला ओडेर गर्जिदियो ।
विश्वको राजनैतिक तथा अािर्थक ईतिहास नियाल्ने हो भने व्यक्तिगत स्वार्थमा केन्द्रित राजनितीकर्मीहरु सफल भएका देखिदैनन । देश र जनताका लागि परिवर्तन र सुधार गर्ने हो भो परिवार केन्द्रित हुने नेतावाट सम्भव हुदैन । यति सम्म समान्य ज्ञान समेत नभएका जनता र कार्यकर्ताहरुको यहि कमजोरीमा खेलेर नेतारुपी दानवहरु जनतालाई नै लडाउने अभियानमा सक्रिय वनिरहेका छन् । पद र सत्तामा वस्दा सहज देख्ने नेता र पार्टीहरु सत्ता वाहिर वस्दा अधिनायकवाद र नालायक देख्ने प्रवृत्ति नै नेपाली राजनितीको घातक पक्ष हो । यहि पक्षको ढाकछोपमा हामी कार्यकर्ता र जनता अविरल जीवनको पर्वाह नगरी लडिरहने अर्को मुख्य समस्या हो । जुन लामो समय सम्म चलिरहयो र कालान्तरसम्म पनि यो प्रवृत्ति चलिरहनेमा कुनै शंका छैन ।
आर्यघाटमा पुगेर पार्टीका झण्डा ओडाएर पनि राजनिती गर्ने नेताहरु, र त्यसको ढाल वनेर उभिने रमिते कार्यकर्ताहरु रहिन्जेल सम्म नेपालको राजनितीले मुहार फेर्न अवस्था छैन । लासमाथी समेत राजनिती गर्न पछाडी नपर्ने नेताहरुको शैली परिवर्तन र उनिहरुमा ल्याउने परिवर्तन भनेको जनता नै हो भन्ने कुराको जवसम्म आम जनता र कार्यकर्तालाई आभास हुदैन, राजनिती सेवा हैन, व्यापार वनिरहन्छ । देश निर्माण र राष्ट्रिय स्वाधिनताका रक्षा कमजोर मस्तिष्क र सोचले हुन सक्दैन भन्ने कुरा वुझन जति ढिलो हुन्छ, समृद्धिको र समानताको नारा जति घन्काए पनि हुने वाला केहि छैन । पात्र फेरिए, प्रवृत्ति फेरिएन, देश वनाउनका लािग परिवार वाद र स्वार्थतामा लिप्तहरुको पछाडी होईन, निडर र देशप्रमि र जनताप्रतिको उत्तरदायित्व वहन गर्ने नेता वाट मात्र सम्भव छ भन्ने कुरा वुझन अव ढिला गर्न हुदैन । ईतिहास र पुर्खाको योगदानलाई भजाएर गरिने राजनितीले नेपालको अर्थव्यवस्था र जनताको परिवर्तन कदापि सम्भव हुन सक्दैन । जनता जर्नादन हुन् तर त्यो केवल भोट र नोटका लागी मात्र होईन, देश र जनताका आमुल परिवर्तनका लागी हुनुपर्दछ भन्ने कुरा नेपालका राजनितीकर्मीहरुले वुझने ल्याकत सायद नराख्लान्………….. । गधालाई नुहाएर गाई वनाउन सकिन्छ भन्ने मनोगत भावना अव जनताले पाल्नु हुदैन ।