१५ चैत्र २०८०, बिहीबार
Follow Us

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्यो

sarusaru
६ फाल्गुन २०७५, सोमबार ०५:२०

युवा स्ट्राइकर केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गरेको छ ।

एमबाप्पेले ७३औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट इटिनेले पीएसजीलाई केही दवाव दिएपनि गोल फर्काएन सकेन । स्टार खेलाडी नेमार र एडिन्सन काभानी घाइते हुँदा पीएसजीलाई अहिले गाह्रो परिरहेको छ । तरपनि लिगमा पीएसजीले शीर्ष स्थान थप बलियो बनाउँदै लगेको छ ।

जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १२ अंकले अगाडी छ । लिलेले २५ खेलबाट ५० अंक बनाएको छ । आइतबार रातिनै भएको खेलमा लिले मोन्टपेलियरसँग गोलरहित बराबरीमा रोकिएको थियो