७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली नेतृत्वको सरकारले भ्रष्टाचार ,बेथिति र विसगतिको जग बसाल्यो : रामचन्द्र पौडेल

sarusaru
६ फाल्गुन २०७५, सोमबार ०६:५१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसालेको गम्भीर आरोप लगाएका छन् ।
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए ।
सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गरे ।
पौडेलले भने,‘ओली जीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितीको बाटोमा अघि बढेको छ ।’

वरिष्ठ नेता पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पुर्ण नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए । उनले काँग्रेसले महासमितिबाट पास भएको विधानले अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन दिए ।
पौडेलले भने,‘हिजोका दिनमा राष्ट्रिय राजनीतिमा बढी केन्द्रीत हुनुप¥यो । संविधान बनाउन सदनमा बढि व्यस्त भएर आउन सकिन । अब तनहुँलाई समय दिन्छु । र समृद्ध बनाएरै छोड्छु ।’