१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुर्घटनामा घाइते सिडिओको मृत्यु

sarusaru
६ फाल्गुन २०७५, सोमबार १०:४६

दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज सोमबार निधन भएको छ । गएको माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।

एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराईको उपचारका क्रममा आज दिउँसो काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।