११ बैशाख २०८१, मंगलवार
Follow Us

पशुपतिको गीतमा काँग्रेस र नेकपा सांसदको जुहारी !

sarusaru
६ फाल्गुन २०७५, सोमबार ११:०१

काठमाडौं–गायक पशुपति शर्माले गाएको छुट कान्छा लुट बोलको गीतलाई लिएर संसदमा दुई सांसदबीच भनाभन भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेसका संसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावल बीच भएको भनाभनले जुहारी जस्तै चल्यो ।
कांग्रेस सांसद सिंहले गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचन गर्दै गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरे ।
सांसद सिंहभन्दा पछि बोलेका नेकपाका सांसद रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत माननीय सांसदले गाएमा आफुले २५ हजार पुरस्कार दिने घोषणा गरे ।
गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत ल्याएपछि अहिले जताततै यसकै चर्चा छ । विवाद पछि शर्माले सो गीत आफ्नो यूट्युव च्यानलबाट हटाएका छन् ।