८ बैशाख २०८१, शनिबार
Follow Us

गुल्मीमा बावुको चौरासी गर्न हेलिकप्टरमा घर आए छोराहरु

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७५, सोमबार १५:५०

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथीको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो हेर्नका त्यस तर्फ दौडिने मानिसहरुको संख्य उत्ति खेरै बढ्यो । हिजो वामीटक्सारमा पुर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आएकोले उनै आए होलान् भन्ने अड्कल गर्न थालियो ।

कसैले कोही विरामी परेर हेलिकप्टर मगाईएको होला भन्न पनि थालियो । जब हेलिकप्टर चिदिचौरमा बस्यो । ओर्लिएर हेर्दा तम्घास क्याम्पसरोड स्थित मानबहादुर श्रेष्ठका छोराहरु, बुहारी र नातिनीहरु पो आएका रहेछन् । बाबु श्रेष्ठको आजैदेखि चौरासी पुजा सुरु हुने भएकोले अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ , माईला हिरण्य श्रेष्ठ , कामाण्डौमा रहेका साईला छोरा नगेन्द्र र अमेरिकामा रहेका कान्छा छोरा बिरेन्द्र श्रेष्ठ , जेठी बुहारी सैलाजा , उनका छोरीहरु अर्पणा र अर्चना श्रेष्ठ हेलिकप्टरमा आएका हुन् ।

मानबहादुर श्रेष्ठका सम्दी अर्थात सैलाजाका पिता बेहोरेका कृष्णबहादुर कुँवरले भने–‘ काठमाण्डौबाट भैरहवा विमान स्थलका लागि आज विहान साढे ७ बजेको टिकट बुक गरिदिएको थिएँ तर मौसम खराबीका कारण रद्ध भयो । त्यसैले सिधै हेलिकप्टरमा तम्घास आउनु परेको हो ।’
अमेरिकामा रहेका श्रेष्ठका छोराहरुले हरेक बर्ष घर आउँदा एउटा न आउटा काम समाज सेवाको क्षेत्रमा गर्ने गरेका छन् ।