१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेता डा. मिनेन्द्र रिजाल लण्डन आउने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७५, सोमबार २०:५६

लण्डन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल लण्डन आउने भएका छन् । नेपाली जनम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङका अनुसार डा. रिजाल वेष्ट मिनिष्टर फाउण्डेसन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना हुने एक कार्यक्रममा भाग लिन वेलायत आउन लागेका हुन् ।

डा. रिजाल २० तारिख बुधवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिने समितिका महामन्त्री सूर्य तामाङले जनाए । तामाङका अनुसार डा. रिजाल अगामी २ साता वेलायतमै रहने छन् । यसै बीच नेपाली जनसम्पर्क समिति वेलायतले उनको सम्मान लण्डनमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ । २३ फेव्रोवरी, शनिवार फेलथामस्थित नमस्ते गोर्खा रेष्टुरेन्ट सो कार्यक्रमको आयोजना गरिने नेपाली जनसम्पर्क समिति वेलायतले जनाएको छ ।