१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको अध्यक्षमा ५ जनाको दावी, सदस्य संख्या १० हजार

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७५, सोमबार २१:१०

होमप्रसाद लम्साल

अमेरिका – गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ। त्यसमा पुरानाआजिबन सदस्यको केहि सख्याजोडिने छ। यो सख्या अघिल्लो पटकको तुलनामा झण्डै पाँच हजार कम हो। अघिल्लो पटक विश्वभरीकै एनआरएनको राष्ट्रिय समन्वय समितिमध्ये सबै भन्दा धेरै १५ हजार सदस्यसहितको ठुलो शाखा बनेको थियो।

सदस्यता फारम भर्ने समय सकिएपछि अहिले समितिले फारमलाई भेरिफकेसन गर्ने कामलाई तिब्रता दिएको छ। समितीका सदस्य बालजोशीका अनुसार भेरिफिकेसन समितिलाई ३१ तारेखसम्म सदस्यता फाइनल गरी निर्वाचन समितिलाई बुझाउने समय दिइएको छ।

समन्वय समिति अमेरिका उपाध्यक्ष सुनिल शाहले विगतमा सदस्यता बनाउन खुकुलो भएको आरोप लागेपछि यसपटक सदस्यता फारम भर्न आईडी कार्ड र फोटो अनिवार्य गरिएको नागरिक न्यूजलाई बताए। उनले भने,‘संस्थालाई शुद्धिकरणका लागि यो अभियान शुरु गरेका हौँ, विगतमा सदस्यता वितरणमा जे देखियो त्योबाट पाठ सिकेर अहिले हामीले सदस्यता वितरणमा कडाई साथ जाँच गरिरहेका छौँ।’

एनआरएन आइसिसिका महासचिव डा बद्री केसीले सर्कूलर गरिएको आन्तरिक पत्र अुनसार एनसिसि अमेरिकालाई सदस्यता बनाउँदा पासपोर्ट र ठेगाना खुल्ने कागजात(आईडी कार्ड) संलग्न गराउन उल्लेख छ। एनआरएन आइसिसिको ६५ औ बैठकले हरेक एनसिसिलाई सदस्यता बनाउँदा पासपोर्ट र परिचयपत्र अनिवार्य रुपमा पेस गर्न र उक्त सुचनासहित हरेक सदस्यको नामावली केन्द्रमा पठाउनु पर्ने प्रस्ताव पास गरिएकोले सोहीअनुसार काम गर्न पत्राचार गरिएको छ।

भिजन २०२० अनुसार सबै साधारण सदस्यताको विवरण आइसिसिले मल्टी प्रपोज प्रयोगका लागि केन्द्रमा जम्मा गर्ने तयारी गरेको छ। आइसिसिको ६५ औँ बैठकले विश्वभरका सदस्यहरुको एकद्धार प्रणाली विकास गर्न र आफ्ना वास्तविक सदस्यहरुको जानकारी राख्न ईन्टरनेसनल मिस(म्यानेजमेन्ट ईन्फरमेसन सिष्टम) सिष्टममा राखिने भन्दै सबै एनसिसिले सोहीअनुसार लाईफ र साधारण सदस्यतावितरण गर्दा पासपोर्ट र आईडी अनिवार्य गर्नुपर्ने नियम बनाएको थियो।

त्यस्तै अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आईसिसिको पत्राचार अनुसार हरेक एनसिसिले कार्य गर्नुपर्ने बताए। आईसिसिले नजिकबाट काम गरिरहेको छ तर अमेरिकाको हकमा आईसिसिको पत्र र एनसिसिको संवेदनशिलताको व्यवहारिक बाध्यतालाई समन्वय गर्नुपर्ने उनले बताए।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने,‘आईसिसिको निर्णय हामीले कार्यन्वयन गर्नुपर्ने बाध्यताएकातिर छ भने अर्कोतिर आईडी कार्ड मात्रै अनिवार्य गर्दा त सदस्यता लिन मानिसहरु डराएको देखिएका छन्।’ उनले अवस्थामा अब सदस्यता लिँदा पासपोर्ट शमावेस गर्न नसकिने बताए।

आइतबार मध्यराती सदस्यता लिने समय सकिंदा जम्मा पेड सदस्यता आठ हजार नौ सय २२ जना, भेरिफिकेसनबाट प्रमाणित भएको सदस्य चार हजार ९ सय ८४ जना र सदस्यता रकम तिर्न बाँकी १५ सय ८० जना रहेका छन।

रामकुमार सुवेदीको संयोजकत्वमा बालजोशी र पवन योन्जन गरी तीन जनाको आन्तरिक भेरिफकेसन कमिटी गठन गरिएको छ। जसले सदस्यतालिएकाहरुको भेरिफिकेसन गरिरहेका छ। भेरिफिकेस पश्चात उक्त सदस्यताको विवरण अन्तिम जाँचको लागि डा रुद्र अर्यालको संयोजकत्वमा शैलेश श्रेष्ठ र प्रमोद सिटौला सदस्य रहेको अर्को कमिटि बनाइएको छ।

यस कमिटीले २० प्रतिशत सदस्यहरुको अनिवार्य रेन्डम सुपरीबेक्षण गरी सदस्यताको अन्तिम नामावली प्रकाशन गर्नेछ। मार्च पहिलो हप्ता भेरिफिकेसन पछि सदस्यको अन्तिम नामावली विश्व बरालको संयोजकत्वमा बनेको निर्वाचन समितिले प्राप्त गर्नेछ। अनिमात्रै निर्वाचनप्रक्रिया सुरु हुनेछ।

सदस्यताफारम भर्ने समय सकिएसंगै उम्मेदवारहरुको चुनावीचर्चा पनि शुरु भएको छ। अध्यक्षका लागि वर्तमान कार्यसमितिकै बरिष्ठ उपाध्यक्ष सुनिलशाह, बोर्ड डाईरेक्टरद्धय कृष्ण लामीछाने र डा अर्जुन बन्जाडे साथै पुर्वउपाध्यक्ष रामपोख्रेल र पुर्व बोर्ड डाईरेक्टर सुर्य लम्सालले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन।