१३ बैशाख २०८१, बिहीबार
Follow Us

२ हजार बढी सीमास्तम्भ नै गायब भए

नेपालब्रिटेन डट कम्
७ फाल्गुन २०७५, मंगलवार ०१:४४

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका ठूलोै संख्यामा सीमास्तम्भ हराएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

८ हजार ५५४ सीमास्तम्भमध्ये २ हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ ।हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरूको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ । कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् । १ हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ । ६९६ वटा निर्माण हुन बाँकी छ भने ११२ निर्माणाधीन अवस्थामा छन् ।

नापी विभागका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले क्षतिग्रस्त र भत्किएका सीमास्तम्भको निर्माण कार्य भइरहेको जनाए ।