११ बैशाख २०८१, मंगलवार
Follow Us

नक्कली रुपियाँ र सामानसहित श्रीमान श्रीमती पक्राउ

sarusaru
७ फाल्गुन २०७५, मंगलवार ०५:३९

पोखरा महानगरपालिका- ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकै श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत माघ २२ गते पोखरा महानगरपालिका-१६ अर्मलाका बिभिन्न किराना पसलहरुमा ग.१४ प ३५४ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले १ हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।