१३ बैशाख २०८१, बिहीबार
Follow Us

विवादास्पद न्यायाधीश जोशीद्वारा राजीनामा

sarusaru
७ फाल्गुन २०७५, मंगलवार ०६:१८

काठमाडौँ– सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश रहेका जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।