८ बैशाख २०८१, शनिबार
Follow Us

बालिका बलात्कार गरी हत्या गर्ने सार्वजनिक

sarusaru
७ फाल्गुन २०७५, मंगलवार ११:४३

धनुषामा ११ वर्षीया बालिकालाई बलात्कार पश्चात हत्या गरी जलाउनेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत फागुन २ गते विहान धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ बस्ने देवनारायण रसाइलीका ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कार पश्चात हत्या गरी शव जलाएको अवस्थामा घरनजिकै उँखु खेतमा फेला परेको थियो ।

बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने २२ वर्षका निरज जर्घामगर उर्फ हाम्ली डनलाई पक्राउ गरी सार्वजनि गरेको छ ।