७ बैशाख २०८१, शुक्रबार
Follow Us

कश्मिर आक्रमणपछि : यिनीहरुलाई गोली ठोक भन्दै सडकमा अतिवादीहरु

sarusaru
७ फाल्गुन २०७५, मंगलवार ११:५९

बिहीबार भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा एक उग्रवादी संगठनले आत्मघाती आक्रमण गर्दा सेनाका ४२ जवानको ज्यान गयो ।
आक्रमणलाई लिएर कश्मिरबाट बाहिर बसिरहेका कश्मिरीहरुमाथि घृणा र आक्रमणका घटना बढेका छन् । कयैन स्थानमा हिन्दू अतिवादीहरुबाट कश्मिरीहरु बसिरहेको बासस्थान खाली गर्न धम्की आइरहेको रिपोर्टहरु पनि आइरहेका छन् ।
देहराहदुनको एक संस्थानमा भौतिकशास्त्र पढिरहेका २३ वर्षे निशार अहमद(नाम परिवर्नन)ले शुक्रबार एक भीडले उक्त क्षेत्रका कश्मिरी विद्यार्थीहरुमाथि हातपात गरेको बताए ।
अहमदले त्यसको भोलिपल्ट ७० जना जतिको समूहले ‘देशद्रोही कश्मिरीहरुलाई गोलि ठोक’,‘उनीहरुलाई लखेट’ भन्ने नारा लगाउदैं र्याली निकालेको पनि जानकारी दिए ।
“यहाँको अवस्था निकै तनावपूर्ण छ । हामीहरु निक्कै असुरक्षित महसुस गरिरहेका छौं ,” उनले भने ।
देहरादुनमै विज्ञान पढिरहेकी २४ वर्षे आष्मा अशर्फले पनि आफूहरु बस्ने होस्टललाई भीडको समूहले घेरेको बताइन् ।
“भीडले कलेज प्रशासनलाई ‘कश्मिरी विद्यार्थीहरुलाई निकाल’ भन्दै नारा लगाइरहेको थियो ,” उनले बताइन् ।
उत्तर कश्मिरको बरामुल्ला जिल्ला निवासी २३ वर्षे मुहम्मद दाउदले आफू बसेको क्षेत्रमा दिक्षिणपन्थी हिन्दूवादी संगठनले आक्रमण गर्दा घरबेटी आमैले जोगाएको बताए ।
त्यस्तै नयाँ दिल्ली बसोबास गरिरहेकी २५ वर्षे सारा खुरसीदले आफू राजधानीजस्तो स्थानमा कामबाट फर्किरहदाँ छेउमा हिँडिरहेको एक समूहले ‘यी कश्मिरीहरु सेनामाथिको आक्रमण भएकोमा खुसी भएको’ भन्दै चिच्चाउदै गएको भनिन् ।
उनले मानिसहरु काश्मिरीप्रति घृणा भाव व्यक्त गरिरहेको बताइन् ।

यस्तै विहारको राजधानी पटनामा यस्तै अवस्था रहेको समाचारमा उल्लेख छ ।