१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतका राष्ट्रपति कातिक १७ गते नेपाल आउने

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार ०६:०५

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको भ्रमण गर्ने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् ।

लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

यसैबीच सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो ।
– कान्तिपुरबाट