१३ बैशाख २०८१, बिहीबार
Follow Us

सांसद प्रेम तामाङमाथि नयाँ शक्तिले गर्यो कारबाही

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७५, बुधबार ०२:३०

रसुवा– नेपाली काँग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ ।
मंगलबार बसेको नयाँ शक्ति जिल्ला कार्यसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो ।
तामाङलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला संयोजक दावा तामाङले बताए ।
तामाङ १३ फागुनमा हुने कार्यक्रममार्फत काँग्रेसमा प्रवेश गर्न लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।