म आउँदा त्यहाँ घर थिएन, छत थिएन ।
जब बन्यो त्यो बास मेरो जरूरत थिएन ॥
भित्रभित्रै यो मुटु यति धेरै टुक्रा प¥यो
बाहिर कसले पो देख्ने कुनै खत थिएन ॥
त्यै बगरमै तड्पिन्थ्यो माछा पानी खोजेर,
पासमै नदी तर जान इजाजत थिएन ॥
त्यो सानो गाई पैसेले दिन्थ्यो बरू धेरै खुशी,
सम्झेर के गरूँ खै साथमा विगत थिएन ॥
खुकुरी सम्झँदै खुब रोयो त्यो आखिर किन,
सायद अचानो चोटले मर्माहत थिएन ॥
सूर्य पौडेल
बा.न.पा. १३ बागलुङ ।
हाल कीर्तिपुर ।