१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्याक्सीमा छुटेको पैसा प्रहरीले बुझायो धनीलाई

sarusaru
८ फाल्गुन २०७५, बुधबार ०७:१०

काठमाडौं–बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको छ ।
बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँ बराबरको धनमाल ट्याक्सीमा छुटेको थियो ।
सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक काठमाडौं भिमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका-१९ चौकीवारीका ३८ वर्षीय सिमल राईले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धीत सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो ।