१३ बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रेलियामा १ हजारबढी नेपाली विद्यार्थी अलपत्र

sarusaru
८ फाल्गुन २०७५, बुधबार ०८:१०

काठमाडौँ । नेपाली काँग्रेसले अष्ट्रेलियामा अध्ययनरत १ हजारभन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा पीडित विद्यार्थीहरुको उद्धार तथा उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्ने नेपाल सरकारसँग अपलि गरिएको छ ।
‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ । तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।,’ विज्ञप्तिमा भनिएको छ ।
साथै काँग्रेसले आफूनिकटका नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न निर्देशन दिएको छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुलाई काबारही प्रक्रिया अघि बढाउनसमेत काँग्रेस सरकारको ध्यानाकर्षण गराएको छ ।