१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमा उपसभापतिद्धारा राजीनामा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७५, बुधबार १०:५९

लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियका उपसभापतिले आफ्नो पदबाट राजीनामा दिएका छन् । उपसभापति कमल सिटौलाले जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाको कार्यशैली प्रति असहमित राख्दै पदबाट राजीनामा गरेका हुन् । नेपाली कांग्रेको भातृसंस्था नेपाली जनसम्र्पक समिति बेल्जियममा सापकोटा र शुभाष गुरुगंको नेतृत्वमा रहेका दुईवटा जनसम्पर्क समिति सकृय छन् ।

सिटौलाद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

नेपाली जनसम्पर्क समिति बेल्जियममा
आवद्ध मीत्रहरु, जय नेपाल

बिषयस् उपसभापति पद बाट राजिनामा दिएको बारे१

म आफू जव राजनीति बारे जान्न र बुझ्न थालें सोही समय बाटै नेपाली कांग्रेसको भात्री संगठन अन्तर्गत विभिन्न जिम्मेवारीमा रहि काम गरें भने पार्टीको क्रियाशील सदस्यको रुपमा रहेर आफ्नो दक्षता र क्षमताले भ्याए सम्म निरन्तर रुपमा लागी रहें। पार्टी भित्रको विकृति, ईमान्दार कार्यकर्ताको मूल्याँकन नगरिने प्रवृति, निहित स्वार्थको लागी लाग्ने व्यक्ति एवं झुण्डलाई पार्टी केन्द्र देखि इकाई सम्मले प्राथमिकता दिने परम्परा , मूलुकको विकास र जनताका समस्यालाई समाधान गर्ने भन्दा आफ्नो र आफन्तको व्यक्तिगत चाहनालाई पूर्ती गर्ने सँस्कृति, पार्टी भित्र वैचारिक छलफल र सामूहिक निर्णय विना नै नेतृत्वले आफूखुशी निर्णय गर्ने परम्परा कांग्रेस भित्र रहि रहँदा समेत कुनै दिन दोश्रो पुस्ताका नेताहरुबाट यसलाई चिरफार र सुधार गर्दै एउटा तारिफ योग्य र जनताको प्रीय पार्टीको रुपमा ढिलो चाँडो स्थापित होला भन्ने व्यग्र प्रतिक्षाका साथ यो पार्टी बाट टाढा हुन सकि रहेको छैन१

पार्टी प्रति आफ्नो जीवनको अत्यन्तै महत्वपूर्ण समय व्यतित गरेकै कारण प्रवासमा आएर पनि यस पार्टीको ईकाई जसस वेल्जियममा क्रियाशील रहें। गलत र स्वयेच्छाचारी प्रवृतिका विरुद्ध विगतका नेतृत्व माथी समेत प्रश्न खडा गर्ने हिम्मत गरें भने आफू उपसभापतिमा निर्वाचित हुँदाको कार्यसमितिका प्रारम्भिक गतिविधि बाटै सन्तुष्ट रहन सकिन। समितिको नेतृत्व एवं केही पधादिकारी बाट नियोजित रुपमा मेरो राजनीतिक क्यारियरलाई सिध्याउन ठूलै कसरत भए। गत अधिवेशनमा वेल्जियवासी दिदीवहिनी तथा दाजु भाइहरुले मलाई विस्वास गरि पधादीकारी मै सबै भन्दा बढी मत दान गरि म निर्वाचित भए सँगै भावी नेतृत्वमा दावी गर्छ भनि तर्सिएकाहरु सबै मेरो बिरुद्ध एकसाथ खनिए१ जुनवेला उहाँ हरु सबैमा अप्राकृतिक एकता कायम भयो। मैले सोचें मेरो अपमान हुँदा संगठनमा एकता कायम हुन्छ भने म चुपचाप सहेर वस्छु तर संस्थाका हरेक गतिविधि लाई नजिक बाट नियाली रहें।संस्थाको विरुद्ध एक शब्द समेत खर्चिन१

एन आर एन निर्वाचनमा संस्थापन समूहले विपक्षी सँग विना छलफल गठबन्धन वनाउन हतारियो भने केही साथीहरुले आपति जनाए। तर पनि संगठनको उम्मेद्वारकै पक्षमा सक्दो सहयोग गरें ।यध्यपी म माथी केही पदाधिकारीले आफूसँगै निर्वाचित उपसभापति लाई निश्कृय रहन भनि गरेको निर्णय कामय नै थियो।दुखको कुरा यो छ कि उक्त हचुवामा गरिएको निर्णयलाई कार्यसमिति को पूर्ण बैठकमा छलफल गरी अनुमोदन गराउन समेत जरुरी ठानिएन।

यसरी समिति वेथिति र व्यक्ति एवं एउटा झुण्डको मनोमानीले चलिरहेको अवस्थामा निर्वाचित महामन्त्रीको नेतृत्वमा संस्था एकाएक विभाजित भयो जुन स्वभाविक जस्तो पनि देखिन्छ । एन।आर। एन। निर्वाचनमा संस्थाको उम्मेद्वारले लज्जास्पद पराजय भोग्दा र अहिले आफू नेतृत्वमा रहेकै वेला समिति २ समूहमा औपचारिक रुपले विभाजित हुँदा नैतिकता को आधारमा राजिनामा दिनु त कहाँ कहाँ आफूबाट भएका गम्भिर त्रुटी एवं कमजोरीलाई महसूस गरि सहमति कायम गर्न र संस्थाको एकताको लागी पहल गर्नुको साटो सामाजिक संजालमा आफ्नै साथी भाइ माथि गाली गलौज गर्ने, अक्टोवरको एन आर एन विश्व सम्मेलनमा देखाई दिन्छु भनि धम्की दिने,अपमानित गरि चरित्र हत्या गर्ने, अन्य संध संस्थाका कार्यक्रममा गएर आफ्नै साथीभाई विरुद्ध धावा वोल्ने र ताण्डव नृत्य देखाउने तर्फ नेतृत्व उन्मुख देखिएको छ। जसले गर्दा एकतामा वाधा, गम्भिर विवाद र विभाजनलाई संस्थागत गराउने तर्फ सभापति सीता सापकोटा तल्लिन रहेको प्रष्ट हुन्छ१

यसै क्रममा एक समूहबाट आगामी मार्च ३ तारिख र अर्को समूहबाट १० मार्चमा भनिए पनि सोही दिन ३ तारिख मै छुट्टा छुट्टै अधिवेशन गराउने भनि सूचनाहरु सार्वजनिक गरिएका छन। यस अवस्थामा संस्थाको एक इमान्दार कार्यकर्ता टुलुटुलु रमिता हेरेर वसिरहन सकिन। संस्था २ समूहमा विभाजित भए सँगै म आफू संस्थापन समूहबाट वाहिरिन नचाही रहेको अवस्थामा अधिवेशन तयारी समितिहरु गठन गरिंदा म लगायत केही साथीहरुलाई नियोजित रुपमा कुनै पनि जिम्मेवारीमा नराखिएको देख्ता सो समूहले मलाई समेत विद्रोहमा जाओस भनि बाटो खुल्ला गरिदिएको महसूस भयो। जसले गर्दा अपमानित भएर यही अवस्थामा रहिरहन नैतिकताले दिएन र एउटा निर्णयमा पुग्न वाध्य भएँ।

एकताको अधिवेशन गर्दा दुवै समूहले एक अर्काको नेतृत्व स्वीकार नगरेको परिप्रेक्ष्यमा दुबै समिति विगठन गरि संस्थापक सभापति को अध्यक्षतामा तोकिएकै समयमा अधिवेशन गर्ने गरि दुबै समितिका सबै सदस्यलाई समेटेर तैयारी समिति पुनर्गठन गर्ने, विगतमा भएका साथीहरु विच मनमोटाव गराउने खालका सबै निर्णय खारेज गर्ने, सबैले आफ्ना कमिकमजोरी लाई आत्माआलोचना गरि आगामी दिनमा नदोहोर्याउने प्रतिवद्ता जाहेर गर्ने, संभव भएसम्म कम विवादित व्यक्तीको नेतृत्वमा सबै आकांक्षी लाई समेटेर सर्वसम्मत कार्यसमिति चयन गर्ने , निर्वाचन मै गएमा पनि परिणामलाई स्विकार गरि आगामी दिनमा मिलेर अगाडी बढ्ने गरि सहमति कायम गर्न सबैलाई अपिल गर्दछु। यदि त्यस तर्फ कसैको ध्यान नगएमा र समस्या जीउँतो तेहीं रहेमा पार्टी केन्द्र लाई हस्तक्षेपकारी भूमिका खेली संस्थाको गरिमा वचाउन विशेष आग्रह गर्दछु ।

अन्त्यमा एकता को वातावरण कायम गर्न हामीमा त्यागको भावना पनि हुनु पर्छ भन्ने शन्देश दिन आजकै मितिबाट लागुहुने गरि उपसभापति पदबाट राजिनामा दिएको घोषणा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछु। यदि विवाद समाधान तर्फ संवन्धित पक्षको ध्यान नगएमा के कस्तो कदम चाल्ने भन्ने बारे निकट भविष्यमै जानकारी गराउने छु। साथै गत अधिवेशन मा मलाई माया एवं विश्वास गरेर अमुल्य मत प्रदान गरि अत्यधिक मतले विजयी गराउनु हुने मित्र एवं शुभचिन्तक प्रति हार्दिक धन्यवाद सहित आभार समेत प्रकट गर्दछु।

वोधार्थ,
नेपाली कांग्रेस केन्द्रिय कार्यालय
सानेपा,जनसम्पर्क समन्वय समिति यूरोप
कमल सिटौला